काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज, कलैया र पोखरिया क्षेत्रमा ४ दिनसम्म लोडसेडिङ गर्ने भएको छ । 

प्राधिकरणले एक सूचना प्रकाशित गर्दै परवानीपुर वीरगञ्ज ६६ के.भी. डबल सर्किट प्रसारण लाइनको टावर नम्बर ३४३ देखि ३५३ सम्म बीचमा नयाँ टावर खडा गर्ने र नयाँ कण्डक्टर फाइन स्याग गर्ने कार्य हुने भन्दै ४ दिन दैनिक केही घण्टाको दरले लोडसेडिङ हुने प्रष्ट पारेको हो । 

टावर खडा गर्ने कार्य गर्दा परवानीपुर वीरगञ्ज खण्डको दुवै सर्किट र कण्डक्टर फाइनल स्याग गर्ने कार्य गर्दा एउटा एउटा सर्किट सटडाउनको आवश्यकता पर्ने प्राधिकरणले जनाएको छ । 

यो बेला वीरगञ्ज, कलैया तथा पोखरिया क्षेत्रको सम्पूर्ण ११ के.भी. ग्राहकहरु र ६६ के.भी.बाट सप्लाई हुने औद्योगिक ग्राहकहरुको विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले प्रष्ट्याएको छ । 

यो क्रममा प्राधिकरणले विद्युत आपूर्ति सटडाउन गर्ने मिति, समय र फिडरहरुको विवरण निम्नअनुसार प्रकाशित गरेको छः