काठमाण्डौ । वीरगन्जको गण्डक कोरोना अस्पतालमा आइतबार उपचारका क्रममा फेरि एक वृद्धको मृत्यु भएको छ।

वीरगन्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको मृत्यु भएको अस्पताल स्रोतले बतायो। चिकित्सकका अनुसार गण्डक अस्पतालमा उनलाई शनिबार राति भर्ना गरिएको थियो। यसअघि उनको हेल्थ केयर अस्पतालमा गरिएको आरडीटी परीक्षणमा एन्टिबडी पोजेटिभ देखिएको थियो। 

हेल्थ केयरबाट शनिबार राति ८ ती वृद्धलाई गण्डक अस्पताल लगेर भर्ना गरिएको थियो। राति नै उनको स्वास्थ्य अवस्था गम्भीर बनेकोमा उपचारकै क्रममा आइतबार बिहान पौने ७ बजेतिर मृत्यु भएको चिकित्सकहरु बताउँछन्। ती वृद्धमा मधुमेह र मुटुरोग पनि रहेको चिकित्सकहरुले जानकारी दिए। 

ती वृद्धको स्वाब नमुना परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ। रिपोर्ट आउन बाँकी रहेको गण्डक अस्पतालले जनाएका छ। 

वीरगन्जमा कोरोना समुदायमा विस्तार हुन थालेको आशंकामा हिजो शनिबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।