काठमाण्डौ । वीरगन्जमा शुक्रबार बिहान कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ।

नारायणी अस्पतालअन्तर्गत गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा ८५ वर्षीया वृद्धको बिहान करिब ११ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

चिकित्सकका अनुसार ती वृद्धमा निमोनियाका समस्या देखिएको थियो। स्वास्थ्यावस्था जटिल बनेपछि परिवारजनले केही दिनअघि उनलाई वीरगन्जस्थित एड्भान्स अस्पतालमा भर्ना गरिएको छ। त्यहाँ उपचारका क्रममा स्वाब परीक्षण गर्दा गत साउन ७ ती वृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसपछि उनलाई गण्डक अस्पतालमा भर्ना गरिएको थियो। 

यसअघि गत मंगलबार पनि गण्डक अस्पतालमा कोरोना संक्रमणकै कारण एक वृद्धको ज्यान गएको छ।