काठमाण्डौ । सरकारले वैदेशिक सहायतालाई उच्च प्रतिफल दिने आयोजनामा परिचालन गर्ने भएको छ। 

आज संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैदेशिक सहायतालाई उच्च प्रतिफल दिने आयोजनामा परिचालन गरिने जानकारी गराएकी हुन्। यसका लागि राष्ट्रिय प्रणालीमार्फत उच्च प्रतिफलयुक्त रणनीतिक एवं रुपान्तरणकारी आयोजनामा वैदेशिक सहायतालाई परिचालन गरिने उनले बताइन्।

यसैगरी राष्ट्रपति भण्डारीले सार्वजनिक संस्थाहरुलाई व्यवस्थापन वा सुधार गर्ने र एक आपसमा गाभ्ने वा खारेज गर्ने रणनीतिक सरकारले लिने पनि जानकारी गराइन्। 

विगतमा सञ्चालनमा आएका तर हाल बन्द अवस्थामा रहेका उद्योग पुनः सञ्चालनमा ल्याउने पनि राष्ट्रपति भण्डारीले जानकारी दिइन्।