काठमाण्डौ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आज साउन २१ गते बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। 

वैदेशिक रोजगारीमा रहेकाहरुका लागि यो कम्पनीको कुल १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ बिक्री खुला गरिएको थियो। जसमा १० कित्तादेखि १ हजार ५०० कित्तासम्म आवेदन दिने १३ हजार ६३६ आवेदकलाई १० कित्ता र २० कित्तादेखि १ हजार ५०० कित्तासम्म आवेदन दिने ५ हजार ६६५ जनामध्ये गोलाप्रथाबाट ४ जनालाई थप ४ कित्ता गरी जम्मा १ लाख ३६ हजार ३६४  कित्ता सेयर बाँडफाँड गरिएको प्रभु क्यापिटलले जनाएको छ। 

आईपीओ बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com तथा सीडीएससीको वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।