काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विदेशमा काम गर्ने नेपाली नागरिकका लागि जारी आईपीओ आज साउन २२ गते बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। यते आईपीओ साउन १ गतेदेखि साउन १५ गतेसम्म बिक्री खुला गरिएको छ। 

कम्पनीले विदेशमा काम गर्ने नेपाली नागरिकहरुका लागि ९ लाख ६० हजार कित्ता साधारण सेयरको प्राथमिक निष्कासन गरेको छ। जसमा २७ हजार ९०५ आवेदकबाट कुल १७ लाख ७२ हजार ६२० कित्ता खरिद आवेदन परेको थियो। त्यसमध्ये २७ हजार ९०१ आवेदकबाट परेको १७ लाख ७२ हजार ६२० कित्ता सदर भएको छ भने ४ आवेदकबाट परेको ३१० कित्ता बदर भएको छ। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार १० कित्तादेखि ४० कित्तासम्म आवेदन दिने ९ हजार ७४ जनाले मागबमोजिम सेयर पाएका छन्। यी आवेदकलाई १ लाख ९० हजार ६४० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।  

यसैगरी ५० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने १८ हजार ८२७ आवेदकले ४० कित्ताका दरले सेयर पाएका छन्। यी आवेदकहरुलाई ७ लाख ५३ हजार ८० कित्ता बाँडफाँड गरिएको छ। 

त्यस्तै ५० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने तिनै आवेदकमध्ये १ हजार ६२८ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यी आवेदकहरुलाई १६ हजार २८० कित्ता बाँडफाँड गरिएको छ। 

यो आईपीओको नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ जारी गर्ने कम्पनीको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।