काठमाण्डौ । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ।
बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको स्रोतले बतायो। बैठकले एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय पनि गरेको छ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरुसँग स्थानीय चुनावबारे छलफल गरेका थिए। आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सिफारिस गरेको थियो।
प्रधानमन्त्री देउवा पनि जेठ ४ मा स्थानीय चुनाव गर्ने पक्षमा थिए।
प्रधानमन्त्री देउवाले हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग स्थानीय चुनाव, एमसिसीलगायत विषयमा छलफल गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19