काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का राखिएको वोमी लघुवित्त वित्तीय संस्थाको धितोपत्र कारोबार फुकुवा भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आज चैत ८ गतेको निर्णयअनुसार यो लघुवित्तको सेयर कारोबार फुकुवा गरिएको हो। ग्रामीण स्वयंसेवक लघुवित्तसँगको मर्जर प्रयोजनका लागि यो लघुवित्तको सेयर कारोबार दोस्रो बजारमा रोक्का राखिएको थियो। 

ग्रामीण स्वयंसेवक र वोमी लघुवित्त १ः१ अनुपातमा आपसमा मर्जरमा गएका हुन्। मर्जरपछि प्रतिसेयर अंकित तथा चुक्तामूल्य रु. १०० दरका कुल ५ लाख ७ हजार ४२० कित्ता सेयर वोमी लघुवित्तको नाममा सूचीकृत भएको छ।