 
                     
                                
                             
                                    काठमाण्डौ । काठमाण्डौको चाबहिलस्थित केएल मोबाइल हबले जिरो डाउन पेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने भएको छ।
मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै यस्तो अफर सञ्चालन गर्न लागेको हो।
केएल मोबाइल हबले साउन १९ गते शनिबारदेखि २ साता चावहिलस्थित केएल मोबाइल हबमा मोबाईल मेला संचालन गर्दैछ।
मोबाइल हबकाअनुसार मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शून्य प्रतिशत डाउन पेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिनेछ।
ग्राहकले मोबाइलको ब्राण्ड र मूल्यअनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्नसक्ने मोबाइल हबका बिक्रीप्रबन्धक सन्दीप उप्रेतीले जानकारी दिए।उनकाअनुसार मेलाअवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पनि सकिनेछ।
यसका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने योजना पनि मेला अवधिमा लागू गरिएको छ।
विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19