काठमाण्डौ । शनिवार काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा विद्युतको आपूर्ति बन्द हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरणका अनुसार लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र, भैंसेपाटी उपवितरण केन्द्र अन्तर्गतका फिडरमा जोडिएको क्षेत्रमा विद्युत आपूर्ति बिहान ११ बजेदेखि २ बजेसम्म अवरुद्ध हुने भएको हो । 

प्राधिकरणले इन्टरब्राञ्चको मिटरिङ युनिट परिवर्तन गर्नुपर्ने भएको विद्युतको आपूर्ति बन्द हुने भएको प्रष्ट्याएको छ । 

माथि उल्लेख गरिएका तीन वितरण केन्द्रबाट विद्युत आपूर्ति हुने गणेशथान, एकान्तकुना, खाद्य गोदाम,मेडी सिटी हस्पिटल, आदिनाथ मार्ग्, गणेस मन्दिर, मन्जु श्री मार्ग्, भन्ज्याङ् पिपल बोट, मगर गाउ, सानो खोकना, खोकाना, कार्य बिनायक, बुङमती एरिया, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी, खोईचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्ती लगायतका क्षेत्रहरुमा ११ बजेदखि २ बजेसम्म बत्ती जानेछ । 

यसैगरी, बालाजु वितरण केन्द्र अन्तर्गत पर्ने विष्णुमति फिडरमा रिङरोड वाइडेनिङ वर्क, सटडाउन गर्नुपर्ने भएकोले भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सो क्षेत्रमा बत्ती नआउने प्राधिकरणको भनाई छ । 

यो अवधिमा बालाजुवितरण केन्द्र अन्तर्गत पर्ने बनस्थली, बालाजु, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल लगायतका क्षेत्रहरुमा बत्ती आउने छैन ।