काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्ना नवीनतम उत्पादन एमआई २३.८ इन्चको डेस्कटप मोनिटर १सी र एमआई डेस्कटप मोनिटर २७ इन्ज लन्च गरेको छ।

यी अत्याधुनिक मोनिटर अद्भुत फिचर र अत्याधुनिक प्रविधिको साथ डेस्कटप कम्प्युटिङ अनुभवलाई निखार्न डिजाइन गरिएको हो।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘हाम्रा ग्राहकमाझ यी दुई मनिटर लिएर आउन पाउँदा हामी उत्साहित छौँ। यी मोनिटरले मनमोहक दृश्य अनुभव, अप्टिमल पर्फोमेन्स र प्रयोगकर्ता–केन्द्रित डिजाइन प्रदान गर्दछ। यी मोनिटरद्वारा ग्राहकले आफ्नो डेस्कटपसँग अन्तरक्रिया गर्ने तरिका नै परिर्वतन हुनेमा हामी विश्वास गर्दछौँ, चाहे त्यो कामका लागि होस् वा अरु कुनै विषयका लागि।’

डिस्प्ले

एमआई २३.८ इन्च डेस्कटप मोनिटर १सी प्रयोगकर्तालाई इमर्सिभ भिजुअल अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। जसले २३.८ इन्च आईपीएस एफएचडी डिस्प्लेसँग स्पष्ट र साँच्चिकै अगाडि भएजस्तो डिटेलहरु प्रदान गर्दछ। १७८ डिग्री  भियुइङ एंगल भएको यस मोनिटर काम र मनोरञ्जन दुवैका लागि उत्कृष्ट रोजाइ हो।

एमआई डेस्कटप मोनिटर २७ इन्चले आफ्नो अत्याधुनिक डिस्प्ले र शक्तिशाली प्रदर्शनका साथ डेस्कटप कम्प्युटिङलाई नै एक नयाँ स्तरमा पुर्याउँदछ। २७ इन्च आईपीएस एफएचडी डिस्प्लेसहित १७८ डिग्री भियुइङ एंगलले स्पष्ट र आफ्नो अगाडि नै भए जस्तो डिटेल प्रदान गर्दछ। व्यावसायिक डिजाइनका काम, गेमिङ, मल्टिमिडिया जस्ता सबै कामका लागि यो मोनिटरले एक उच्चस्तरीय अनुभव प्रदान गर्दछ।

फास्ट रेस्पोन्स

फास्ट रेस्पोन्स र ६०एचजेड रिफ्रेस रेटसँग सुसज्जित एमई २३.८ इन्च डेस्कटप मोनिटर १सीले स्मुथ दृश्यहरु सुनिश्चित गर्दै मोसन ब्लरलाई कम गर्छ जसले गर्दा गेमरहरु र मल्टिमिडिया रुचाउनेहरुका लागि यो एक उत्कृष्ट रोजाइ बन्न सक्दछ। त्यसैगरी ७५एचजेडको अधिकतम रिफ्रेस रेट, ६एमएसको फास्ट रेस्पोन्स र ३०० निट्स ब्राइटनेस भएको एमआई डेस्कटप मोनिटर २७ इन्चले सिमलेस भिजुअल र फ्लुइड मोसनसँगै गेमरहरुका लागि नवीन अनुभव प्रदान गर्दछ भने साथै सहज भिडियो प्लेब्याक पनि यसले सुनिश्चित गर्दछ।

आकर्षक डिजाइन

एमआई २३.८ इन्च डेस्कटप मोनिटर १सीले इमर्सिभ दृश्य अनुभवका लागि ३–साइड बोर्डरलेस स्क्रिन प्रदान गर्दछ। अल्ट्रा–स्लिम बडी र पातलो ७.३एमएम मोटाइ रहेको यो मोनिटरले डेस्क स्पेस बचाउने स्लिम र आधुनिक लुक किफायती मूल्यमा नै सुनिश्चित गर्दछ। अर्कोतर्फ एमआई डेस्कटप मोनिटर २७ इन्चले पनि इमर्सिभ अनुभव प्रदान गर्न ३–साइड बोर्डरलेस स्क्रिन सुनिश्चित गर्दछ र मात्र ७.५एमएम मोटाइका साथ एक आकर्षक र अल्ट्रा–स्लिम डिजाइनले घर वा काम गर्ने स्थानको वातावरणमा अझै सौन्दर्य थप्ने काम गर्दछ।

एडजस्टेबल स्ट्यान्ड

एमआई २३.८ इन्च डेस्कटप मोनिटर १सी १५ डिग्री पछाडि र ५ डिग्री अगाडि ढल्काउन सकिन्छ भने एमआई डेस्कटप मोनिटर २७ इन्च २१ डिग्री पछाडि र ५ डिग्री अगाडि ढल्काउन सकिन्छ। जसले गर्दा आफ्नो अनुकूलता अनुसार यी मोनिटरहरुलाई मिलाउन सकिन्छ।

सजिलो कनेक्टिभिटी

एमआई २३.८ इन्च डेस्कटप मोनिटर १सीको विभिन्न कनेक्टिभिटी अप्सनहरुसहित एचडीएमआई र भीजीए पोर्टहरुद्वारा प्रयोगकर्ताहरुले सहज रुपमा अरु धेरै उपकरणहरु जडान गर्दै उत्पादकता र सुविधा बढाउन समर्थ हुनेछन्। 

त्यसैगरी एमआई डेस्कटप मोनिटर २७ इन्चमा भएको एभडीएमआर्य, भीजीए र अडियोसहित विभिन्न कनेक्टिभिटी अप्सनहरुले प्रयोगकर्ताहरुलाई विभिन्न उपकरणहरु एकै साथ जडान गर्न र तिनीहरुको पूर्ण लाभ उठाउन मद्दत गर्दछ। 

बजार उपलब्धता

एचआई २७ इन्च डेस्कटप मोनिटर र एमआई २३.८ इन्च डेस्कटप मोनिटर १सीको बजार मूल्य क्रमशः रु. २२ हजार ९९९ र रु. १९ हजार ९९९ हो र नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरुमा यी मोनिटरहरु उपलब्ध हुनेछ।