काठमाण्डौ । सर्वसाधारण लगानीकर्ताले शिवम सिमेन्टको आइपीओ खरीदको अवसर पाउने भएका छन् । 

यो कम्पनीले सर्वसाधारणका लागि ३७ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको हो । 

धितोपत्र बोर्डले गतबर्ष मात्रै उत्पादन मुलक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेको थियो ।

आइपीओ निश्कासनको विशेष प्रस्तावसहित कम्पनीले आगामी पुस २५ गते वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभाको बिषयमा जारी सूचनामा उल्लेख भएअनुसार कम्पनीको कुल जारी पुँजीको १० प्रतिशत आइपीओ निश्कासन गर्न लागिएको हो । यो कम्पनीको जारी पुँजी ३ अर्ब ७० करोड रहेको छ । 

साधारणसभामा कम्पनीको प्रबन्धपत्र संसोधनको प्रस्ताव समेत पेश हुने सूचनामा उल्लेख छ । 

प्रबन्धपत्रमा संसोधनपछि कम्पनीको सेयर स्वामित्व अनुपा संस्थापक समूहको ९० र सर्वसाधारण समूहको १० प्रतिशत रहनेछ । 

साधारणसभामा विशेष प्रस्तावको रुपमा सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरणको प्रसंग पेश हुनेछ ।