काठमाण्डौ । हालसालैबाट दोश्रो बजारमा सूचिकृत शिवम सिमेन्ट्स लिमीटेडले आगामी बैशाख ९ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले काठमाण्डौको राष्ट्रियसभा गृहमा आफ्नो तेश्रो वार्षिक साधारणसभा आह्वान गरेको हो ।
साधारणसभामा हालै संचालक समितिबाट निर्णय भएअनुसार १५.७८९५ प्रतिशत नगद लाभांश वितरणको अजेण्डा प्रस्तुत हुनेछ ।
यस्तै, यो कम्पनीले आफ्नो उद्देश्य तथा परियोजनाअनुरुप समान उद्देश्य भएका अन्य कुनै संस्था वा कम्पनी प्राप्ति गर्ने वा अन्य कम्पनीको सेयरहरु खरीद गरी थप उद्योग स्थापना लगायतका आवश्यक कामहरु संचालन गर्न र कम्पनी तथा कम्पनीका सेयरधनीहरुको हितलाई ध्यानमा राखी उपयुक्त अन्य कुनै परियोजनामा लगानी गर्ने सम्बन्धी सम्पूर्ण काम कुरा गर्नसक्ने गरी संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा प्रस्ताव समेत पारित गर्ने अजेण्डा रहेको छ ।
यस्तै, आगामी ४ वर्षे कार्यकालका लागि सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एकजना संचालकको निर्वाचन गर्ने कार्यक्रम समेत राखिएको छ ।
साधारणसभाले संचालक समितिका अध्यक्ष तथा संचालक सदस्यहरुको तलब, बैठक भत्ता तथा अन्य सुविधा सम्बन्धमा संचालक समितिले प्रस्ताव गरे बमोजिम छलफल गरी पारित गर्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19