काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले लाभांस प्रयोजनका लागि भोलि(पुस १९ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीमात्रै कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्न वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।  

कम्पनीको वार्षिक साधारण सभा आगामी पुस २७ गते शुक्रबारका दिन काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्टिय सभा गृहमा आयोजन हुन गईरहेको छ । 

कम्पनीमा कायम सेयरधनीहरुलाई २०७९/८० को मुनाफा रकमबाट चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव साधारणसभामा पेश हुनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको वार्षिक प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको कम्पनीको वासलात तथा सोही मितिमा समाप्त भएको आ।ब। २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसहितको लेखापरीक्षण सम्बन्धी अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने अजेण्डा समेत पेश हुनेछ ।