काठमाण्डौ । शिवम् सिमेन्ट्सले  गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले  १४.२५  प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

यसैगरी लाभांश पारित गर्न कम्पनीले पुस २७ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १९ गते  बुक क्लोजको मिति समेत तय गरेको छ।

कम्पनीको हाल कायम चुक्तापूँजी ४ अर्ब ४० करोड छ ।कम्पनीले अघिल्लो आवमा सेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले (करसहित) नगद लाभांश वितरण गरेको थियो ।