काठमाण्डौ । शिवम सिमेन्ट्स प्रालिले प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओ बुधबार बिहान बाँडफाँड हुने भएको छ । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका चिफ अपरेटिंग अफिसर(सीओओ) सन्दीप कार्कीका अनुसार बुधबार बिहान शिवमको आइपीओ बाँडफाँड गर्ने योजना बनाइएको छ । 

‘हामीले आइपीओ बाँडफाँडको मोड्यूल तयार गरी धितोपत्र बोर्डमा पठाएका छौ ।’ उनले बिजशालासँग भने–‘त्यहाँबाट खबर आएपछि बाँडफाँड गर्नेछौ ।’ 

शिवम सिमेन्टले सर्वसाधारण लगानीकर्ताका लागि प्रिमियम समेत जोडी प्रतिकित्ता रु. ३०० र आयोजना प्रभावितका लागि रु. २०० मा आइपीओ निश्कासन गरेको थियो । 

सर्वसाधारणका लागि निश्कासन गरिएको आइपीओमा मागको तुलनामा १.२६ प्रतिशत बढी आवेदन परेको थियो । 

कुल ५२ हजार हाराहारीको आवेदकबाट ५१ लाख ९१ हजार बढी कित्ता खरीदका लागि आवेदन परेको थियो । यस्तै, ९९० आयोजना प्रभावितबाट ४ लाख ८९ हजार ९०० कित्ताका लागि आवेदन परेको थियो ।

यो कम्पनीले फागुन ६ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि ४१ लाख २० हजार र आयोजना प्रभावितका लागि ५ लाख ७९ हजार ६४० कित्ता आइपीओ निश्कासन गरेको थियो ।