काठमाण्डौ । शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

विद्युत बिक्रीबाट आम्दानी हुन थालेपछि कम्पनी नाफामा गएको हो। कम्पनीले समीक्षा अवधिमा विद्युत बिक्रीबाट ४ करोड ८ लाख रुपैयाँ बढी आम्दानी गरेको छ।

कम्पनीको सञ्चालन मुनाफा ३ करोड ५१ लाख रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा १ करोड ८४ लाख रुपैयाँ रहेको छ। 

चुक्तापुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ५.११ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६६.११ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०१.२८ रुपैयाँ रहेको छ। 

यो कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा निर्माण गरेको २२.२ मेगावाट क्षमताको माथिल्लो चालुक ए जलविद्युत आयोजनाले गत जेठ १ गतेबाट विद्युत उत्पादन गरिरहेको छ।