काठमाण्डौ । लगानीकर्ताहरुले शुक्रबारको सेयर कारोबार पूर्ण रुपमा बन्द गर्न माग गरेका छन्।
लगानीकर्ताहरुको समूहले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निवेदन दिँदै शुक्रबारको कारोबार पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन्। उनीहरुले निवेदन नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई बुझाएका छन्।
निवेदनमा यसअघि सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने गर्दा नेप्सेले आइतबारको कारोबार बन्द गरेर शुक्रबार सेयर कारोबार गर्ने निर्णय गरेको उल्लेख छ। ‘तर, पछि सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गर्यो तर नेप्सेले शुक्रबार २ घन्टा कारोबार गरिरहेको छ।’
अन्तर्राष्ट्रिय कानुनअनुसार पनि विश्वमा ५ दिनमात्रै सेयर कारोबार हुने गरेको निवेदनमा उल्लेख छ। ‘त्यसैले नेसेले पनि पूर्वयथावत अवस्थामा हप्तामा ५ दिनमात्र सेयर कारोबार सञ्चालन गर्न आग्रह छौँ’, निवेदनमा भनिएको छ, ‘शुक्रबारको कारोबार पूर्ण रुपमा बन्द हुनुपर्छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19