काठमाण्डौ । दुई जलविद्युत आयोजनालाई धितोपत्र बोर्डले ३२ करोड ९४ लाख बढी मूल्यको आइपीओ निश्कासनको अनुमति दिएको छ । 

बोर्डले बुधबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र शुभम पावर लिमीटेडलाई आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निश्कासनको अनुमति दिएको हो। 

जोशी हाइड्रोपावरले ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४ सय कित्ता आइपीओ निश्कासनको अनुमति पाएको हो भने शुुभम पावरले २ करोड मूल्यको २ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको अनुमति पाएको  हो । 

जोशी हाइड्रोवपावरको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ भने शुुभमको आइपीओको  निश्कासन तथा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटल लिमीटेडले गर्नेछ । 

जोशी हाइड्रोपावर कम्पनीले ३ हजार किलोवाट क्षमताको माथिल्लो पुवा १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यस्तै, शुभम पावरले करिब १ मेगावाट क्षमताको पिलुवाखोला हाइड्रोइलेक्ट्रिक आयोजना सञ्चालन गरिरहेको छ ।

स्थानीयपछि जोशीले १४ करोड ४७ लाख मूल्य बराबरको र शुुभमले ४ करोड बराबरको आइपीओ सर्वसाधारणका लागि निश्कासन गर्नेछ ।