काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको शुभम पावर लिमिटेडको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। अब यो कम्पनीको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

कम्पनीको १०० अंकित दरका कुल २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। भोलि शुक्रबार सेयर कारोबार नहुने भएकोले आइतबारबाट किनबेच गर्न सकिने भएको छ। 

नेप्सेमा यो कम्पनीको संस्थापक समूहको १४ लाख कित्ता, स्थानीयको १९ हजार २४० कित्ता र सर्वसाधारणको ५ लाख ८० हजार ५८० कित्ता सेयर सूचीकृत भएको छ। 

नेप्सेले यो कम्पनीलाई ‘एसपीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सले प्रतिकित्ता न्यूनतम ८८.४८ रुपैयाँ र अधिकतम २६५.४४ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। 

आइतबार नेप्सेले तोकेको रेन्जभित्र स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर किनबेच भएको खण्डमा नियमित समयका लागि कारोबार खुल्नेछ।