काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको शुभम पावर लिमिटेडको सेयर मंगलबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार खुलेको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–सेसनमा शुभम पावरको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो। 

नेप्सेले यो कम्पनीलाई ‘एसपीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सले प्रतिकित्ता न्यूनतम ८८.४८ रुपैयाँ र अधिकतम २६५.४४ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज प्रि–सेसनमा यो कम्पनीको सेयर २६५ रुपैयाँमा किनबेच भएको छ।  

गत आइतबार प्रि–सेसनमा नेप्सेले तोकेको रेन्जभित्र शुभम पावरको सेयर किनबेच नभएपछि कारोबार खुलेको थिएन। 

गत बिहीबार शुभम आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। कम्पनीको १०० अंकित दरका कुल २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १४ लाख कित्ता, स्थानीयको १९ हजार २४० कित्ता र सर्वसाधारणको ५ लाख ८० हजार ५८० कित्ता सेयर छन्।