काठमाण्डौ । नेपालमा बढ्दो अनलाइन मनोरन्जनको माग पुरा गर्न र साथमा सुचना प्रविधिमा रुचि राख्नेहरु बीच छलफल , अनलाइन मार्केटिङ र इन्टरनेट संग सम्वन्धित थुप्रै सेवा सुविधाहरुलाई समेटेर नेपालको पहिलो अनलाइन छलफल प्लेटफर्म ‘साइबर नेपाल’ले आफ्नो सेवा प्रारम्भ गरेको छ।
नेपालमा छरिएर रहेका सुचना प्रविधि संग सम्वन्धित सेवा प्रदायक कम्पनी र गेमिङ प्लेटफर्मको सेवालाई एउटै छातामुनि दिने उदेश्यका साथ ‘साइबर नेपाल’ को सुरुवात गरिएको कम्पनीले बताएको छ। साइबर नेपालको सेवा विविध छन् कम्प्युटर निर्माण र युट्युबमा कम्प्युटर निर्माण सम्बन्धि भिडियो गाइड निर्माण गर्दै आइरहेको छ। प्रविधि संग सम्वन्धित कार्यक्रम , गेमिङ टुर्नामेण्ट र आगामी दिनहरुमा ठुलो गेमिङ प्रतिष्पर्धा गराउदै लैजाने यस कम्पनीले बताएको छ। हालै मात्र पनि कम्पनीले नेपालकै सबैभन्दा ठुलो गिभ अवे कन्टेस्ट आयोजना गरिरहेको छ।
‘साइबर नेपाल’को वेभसाइट भिजिट गर्दा र अन्य कार्यक्रमहरुमा सहभागी भए वापत सहभागीहरुले ‘सीएन’ क्वाइन जित्न सक्छन। यो एक प्रकारको भर्चुअल पोइन्ट सिस्टम हो जसवापत सहभागीहरुले साइबर नेपालले आयोजना गर्ने कार्यक्रम र साइबर नेपालको शप बाट अन्य सामानहरु रिडीम गर्न सक्ने छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago