काठमाण्डौ । श्री अल्फा क्यापिटल लिमिटेडले प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले आगामी मंसिर १२गते सभा गर्न लागेको हो । सभा काठमाण्डौंको नयाँबानेश्वरस्थित द एभरेष्ट होटलमा अपरान्ह ४ बजे शुरु हुनेछ ।साधारणसभाको विशेष प्रस्तावमा प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव समावेश छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेको छ ।
अन्य प्रस्तावमा समान उद्देश्य भएको अन्य कम्पनीलाई गाभ्ने, कम्पनीको पूँजी बृद्धि, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन, कम्पनीको सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने लगायत छन् ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago