बुटवल । डेढ वर्षअघि 'गो-गो रोबोट' र एक महिनाअगाडि 'सेनिट्राइजर सेन्सर टनेल' बनाएका बुटवलका जुम्ल्याहा दाजुभाइ लव-कुश पन्थीले अहिले पुनः 'गो-कोरोना रोबोट' बनाएका छन् ।
१ महिनाको मेहेनतमा बनाएको यो गो-कोरोना रोबोटले आइसोलेसनमा कोरोना संक्रमण देखिएका बिरामीलाई आवश्यक खाना, औषधि, सेनिट्राइजरलगायतका वस्तु पुर्याउन सक्छ । त्यति मात्र होइन रोबोटले बिरामीसँग कुराकानी गरेर मनोबल बढाउने, मनोरञ्ज प्रदान गर्ने र बिरामीको लागि सहज वातावरण पैदा गरिदिने काम गर्छ ।४ फिट अग्लो उक्त रोबोटमा हाइटेक माइक्रोफोन, १२ मेघाफिक्सलको क्यामरा, अल्टासाउण्ड स्पिकर जडान भएको छ । लुकु (लवकुस) भर्जन ७ यो रोबोटमा प्रयोग गरिएको रोबोटका आविष्कार लवकुश पन्थीले जानाकारी दिए ।रोबोटमा जडित माइक्रोफोनले मानिसको आवाज सुन्ने सक्ने र उक्त आवाजलाई सफ्टवेयरको माध्यमबाट बुझेर जवाफसमेत फर्काउने सक्ने उनीहरूले बताए । रोबोट निर्माणमा ७० हजार रुपैयाँ खर्च भएको बताइएको छ ।
कोरोना बिरामीको उपचार गर्नमा सहयोग गर्ने भएकाले रोबोटमा फलाम, काठजस्ता वस्तुको कम प्रयोग गरिएको र कपर, हार्ड प्लाष्टिक, कार्डबोर्डलाई बढी प्रयोग गरिएको उनले बताए । गो कोरोना रोबोटमा हाई स्पिड प्रोसेसर जडान भएको छ । यसले रोबोटलाई परिचालन र नियन्त्रणको काम गर्ने गर्दछ ।
रोबोटलाई रिमोर्ट कन्टोलबाट प्रयोग गर्न सकिने भए पनि एउटै रिमोर्ट धेरैले प्रयोग गर्दा कोरोना संक्रमण हुने सक्ने भएकाले अहिले गो-कोरोनाका लागि एन्ड्रोइड एप बनाएको र त्यसैको माध्यमबाट रोबोटलाई चलाउन सकिने उनको भनाइ छ ।
इन्टरविना नै सञ्चालन गर्न सकिने रोबोटलाई राउटरको माध्यमबाट १ किलोमिटरसम्मको दूरीमा नियन्त्रणमा राख्न सकिन्छ । यसलाई आवश्यताका आधारमा परिमार्जितसमेत गर्न सकिने आविष्कारक लवकुश पन्थी बताउँछन् ।
१५ वर्षीय लवकुश बुटवलको तिलोत्तमा कलेजमा कक्षा ११ मा पढ्ने गर्दछन् ।
कसरी काम गर्छ त एपको माध्यमबाट रोबोटले ?
रोबोटसँगै जुम्ल्याहा दाजुभाइले गो-कोरोना कन्टोल एन्ड्रोइड एप तयार गरेका छन् । एपमा सुरुमा 'इन्टरनेट प्रोटोकल (आईपी)' का माध्यमबाट रोबोटलाई कनेट गरिन्छ । त्यसपछि 'मोबाइल एप'बाट पठाएको 'डाटा'बाट यसलाई नियन्त्रण गर्न सकिन्छ । यो प्रक्रियामा भने इन्टरनेटको प्रयोग हुँदैन ।
एपमा राखिएको 'स्क्रिन'मा रोबोटले के काम गरिरहेको छ भनेर 'कन्टोल रुम'बाट देख्न सकिन्छ । रोबोटलाई दायाँ-बायाँ, अगाडि,-पछाडि, रोक्न र चलाउन सबै एपमको माध्यमबाट गरिन्छ । कोरोना अस्पतालमा प्रयोग हुने भएपछि रोबोटमा कोरोना भाइरस अंकीत संकेतहरूसमेत छन् ।
रोबोट प्रदेश सरकारलाई हस्तान्तरण
जुम्ल्याहा दाजुभाइले बनाएको गो-कोरोना रोबोट प्रदेशको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका छन् । बुटवलको धागो कारखानामा तयार गरिएको अस्थायी कोरोना विशेष अस्पतालमा प्रयोग गर्न सकिने भन्दै उनीहरूले रोबोटलाई मन्त्रालयमा हस्तान्तरण गरेका छन् ।
सामाजिक विकास मन्त्री सुर्दशन बराललाई दाजुभाइ लवकुशले उक्त रोबोट हस्तान्तरण गरेका हुन् । सोही अवसरमा मन्त्री बरालले यस्ता प्रतिभालाई प्रोत्साहन गर्दै आवश्यक सामग्री सहयोग गर्न तयारी रहेको बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago