काठमाण्डौ । संघीय संसद भवनमा बसेको मन्त्रिपरिषद्ले गर्यो एमसीसीको व्याख्यात्मक घोषणा पेस गर्ने निर्णय गरेको छ। 

संसद भवनको कार्यव्यवस्था परामर्श समितिको हलमा बसेको मन्त्रिपरिषद् बैठकले एमसीसीमा व्याख्यात्मक घोषणा पेस गर्ने निर्णय गरेको हो। 

बैठक ६ मिनेटमै सकिएको थियो। बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेको छ। 

अब एमसीसी सम्झौतामा विस्तृत छलफल हुने र मतदानको प्रक्रिया सुरु गरिनेछ।