काठमाण्डौ । अनधिकृत व्यक्ति लगेर बजेटमा करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिन लागेको संसदीय समितिमा प्रमुख प्रतिपक्ष दल एमालेका ४ जना सांसद रहने भएका छ्न।
सत्तारुढ र प्रतिपक्षी दलहरुबीच आज संघीय संसद भवनमा भएको छलफलअनुसार संसदीय समितिमा दलका सदस्यहरुको टुंगो लागेको हो।
समितिमा नेपाली कांग्रेसबाट २ र नेकपा माओवादी केन्द्रबाट २ सदस्य रहनेछन्।
यस्तै नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाबाट १–१ जना सदस्य गरी कुल ११ सदस्यीय संसदीय छानबिन गठन गर्ने सहमति भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19