काठमाण्डौ। आज प्रतिनिधिसभा बैठकले दिउँसो १ बजे डाकिएको थियो। तर १ बजिसक्दा पनि बैठक बस्न बसेको छैन।

संसद् बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि अझै बस्न सकेको छैन। समितिको बैठक बस्न ढिलाइ भएकाले पनि आज बोलाइएको प्रतिनिधिसभाको बैठक बस्न पनि ढिला हुने भएको हो। 

अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णयपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का छुट्टाछुट्टै बैठक बसिरहेको छ।

माओवादी केन्द्रको संसदीय दलको बैठक अहिले नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ। एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बानेश्वरस्थित एक पार्टी प्यालेसमा जारी छ।

आइतबार बिहान बसेको माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरिसकेको छ।