काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने भएको छ। 

संस्थाले सेयर संरचना परिवर्तन गर्दै संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने भएको हो। हाल संस्थामा संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ। 

संस्थाले सेयर संरचना परिवर्तन गर्न संस्थापक समूहको ९ प्रतिशत सेयर सर्वसाधारण समूहको परिणत गर्नेछ। संस्थाले आज एक सूचना प्रकाशित गर्दै संस्थापक सेयर सर्वसाधारणमा परिणत इच्छुक नभएका संस्थापक सेयरधनीहरुलाई ७ दिनभित्र धनुषाको ढल्केबरस्थित संस्थाको केन्द्रीय कार्यालय लिखित रुपमा निवेदन दिन सूचित गरेको छ। 

तोकिएको मितिभित्र कुनै पनि संस्थापक सेयरधनीले सेयर परिवर्तन गर्न चाहेको भनी निवेदन नदिएको खण्डमा सेयर परिवर्तन मन्जुर रहेको मानिने पनि संस्थाले जनाएको छ।