काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्थाले ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

हाल संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ। संस्थाले अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्न लागेको छ। यसका लागि संस्थाले ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न लागेको हो। 

आफ्नो सेयर सर्वसाधारण समूहमा परिणत गर्न नचाहने संस्थापक सेयरधनीहरुलाई संस्थाले ३५ दिनभित्र जानकारी संस्थाको काठमाण्डौको चाबहिलस्थित केन्द्रीय कार्यालयमा स्वःघोषणा वा निवेदन दिन सूचित गरेको छ। 

तोकिएको म्यादभित्र निवेदन नदिने संस्थापक सेयरधनीहरुको हकमा संस्थापक सेयर सर्वसाधारण समूहमा परिणत गर्न मन्जुर रहेको मानिने संस्थाले जनाएको छ।