काठमाण्डौ । प्राय मानिस फोनको नेटवर्क नलागेर हैरानीमा पर्छन् । तपाई कुनै पहाडी इलाका, खोंच तथा दुर्गम क्षेत्रको भ्रमणमा जानुभएको छ भने हैरानी अझ बढ्नेछ, किनभने यस्ता क्षेत्रमा मोवाइलको नेटवर्क निकै मुश्किलले मात्र लाग्छ । यस्तो अवस्थामा कतिपय मानिसहरुले स्याटेलाइट फोनको समेत सहायता लिने गर्छन् । आज हामी एउटा यस्तो तरिकाको बिषयमा बताउन गइरहेका छौ, जुन कुरा सिकेर व्यवहारमा लागू गर्ने हो भने तपाईको फोनको नेटवर्क सगरमाथाकै चुचुरो पुगे पनि टिप्नेछ ।
फोनकभरले दिनेछ नेटवर्क
तपाई पक्कै चाहनुहुन्छ कि कुनै पहाडी इलाका वा विकट क्षेत्रमा जाँदा तपाईको मोवाइल फोनको नेटवर्क सजिलै लागोस् । त्यसो हो भने तपाईका लागि बजारमा आएको छ Thuraya SatSleeve डिभाइस । खासमा यो एक विशेष मोवाइल कभर हो, जसले स्याटेलाइटले जस्तै काम गर्नेछ । यसको माध्यमबाट तपाईले म्यासेजिङ, इमेल चेक गर्न तथा इन्टरनेट ब्राउजिङ सहज ढंगले गर्न सक्नुहुन्छ ।
३ भेरिएन्टमा उपलब्ध हुन्छ यो मोवाइल कभर
आइफोनमा यो एडप्टरले आइफोन फाइभ र फाइभ एस, आइफोन फोर तथा फोर एस र आइफोन सिक्स र सिक्स एसलाई सपोर्ट गर्छ । एन्ड्रोइड फोनमा यो मोवाइल कभरले सामसङ ग्यालेक्सी एस फोर, ग्यालेक्सी एस थ्री, तथा एस फाइभका लागि उपलब्ध छ ।
यो एउटा युनिभर्सल एडप्टर हो । जसले सबैखालका आइफोन र एन्ड्रोइड डिभाइसलाई सपोर्ट गर्नेछ । तर, यो एडप्टर प्रयोगका लागि फोनको चौडाई ५८ एमएमदेखि ८५ एमएमको बीचमा हुनुपर्छ ।
रिचार्जेबल ब्याट्री
स्याटस्लीव नामक यो एडप्टरमा रिचार्जेबल ब्याट्री रहेको छ । यहीकारण तपाईलाई ब्याट्रीको कुनै चिन्ता हुनेछैन । कम्पनीले एकपटक चार्ज गरेपछि ३ घण्टा टकटाइमको ग्यारेण्टी दिएको छ । यदि वाइफाइ बन्द गर्ने हो भने यसले ७० घण्टासम्म काम गर्नेछ । यसअलावा तपाईलाई यो डिभाइसको साथमा एक सोलार चार्ज समेत प्राप्त हुनेछ ।
मूल्य पनि विशेष
यो विशेष कभरको मूल्य ५२० अमेरिकी डलर रहेको छ । यसको अधिक मूल्यले प्रयोगकर्तालाई निराश चाहि बनाइदिनसक्छ । तर, यो एक कमालको डिभाइस हो, जसले कुनै अञ्जान स्थानमा फसेको अवस्थामा तपाईको ज्यान समेत बचाउनेछ ।
नोट: यो जानकारी आउटफिटर स्याटेलाइट फोनको वेबसाइटबाट लिइएको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago