काठमाण्डौ । नयाँदिल्लीको पाँचतारे होटल द ललितको विशेष रुपले सजाइएको खचाखच हल । कार्यक्रम थियो, अमेरिकामा रहेका नेपालीले विकास गरेको सामाजिक इकमर्स साइट सगुनको मोवाइल एप सार्बजनिक गर्ने । एप सार्बजनिक गर्न आउँदै थिइन् युवापुस्ताकी ढुकढुकी बनेकी बलिउड अभिनेतृ श्रद्धा कपुर ।
अभिनेतृ श्रद्धाको उपस्थितिलाई छायाँमा पार्ने गरी कार्यक्रमको आकर्षणको केन्द्र बनेका थिए सगुनका आर्किटेक्चर गैरआवासीय नेपाली गोविन्द गिरी । कार्यक्रमकी संचालक कुनै समयकी चर्चित कलाकार मन्दिरा बेदीले जब सगुनका संस्थापक गिरीलाई मञ्चमा बोलाइन, हल तालीले गुञ्जयमान भयो ।
गिरी नेपालको पूर्वी पहाडी जिल्ला संखुवासभामा जन्मे, हुर्केर पढाईका सिलसिलामा अमेरिका पुगेका थिए । अमेरिकाको पेन्टागनमा सिस्टम इञ्जिनियर भइसकेका उनले जागिर छाडेर सगुन डटकमको विकास गरेका थिए ।
सगुनले पछिल्लो समय विश्वका सूचना प्रविधी क्षेत्रको ध्यान तानेको छ । अमेरिकी सेयर बजारमा मिनी आइपिओ जारी गरेर चर्चामा आएको सगुनले यसका प्रयोगकर्तालाई आम्दानीको केही हिस्सा बाँड्ने महत्वाकांक्षी योजना अघि सारेको छ । त्यही सगुनले स्मार्टफोनका युजरलाई लक्षित गरी दिल्लीमा एण्ड्रोइड एप्लिकेसन सार्बजनिक गर्दै थियो ।
कार्यक्रममा सगुनका संस्थापक गिरीले यो एप्स मात्र नभई सामाजिक अभियान भएको बताए । ‘यो अभियानले सामाजिक सञ्चालनमा रहेको नकारात्मक भावहरुलाई कम गर्न मद्धत गर्छ’–उनले भने । गिरीको आइडियाले बलिउड अभिनेतृ श्रद्धा समेत प्रभावित भएकी रहिछन् । उनले गिरीलाई ‘यति उत्कृष्ट सोसियल प्लेटफर्मको विकास कसरी गर्नुभयो’ भनेर प्रश्न गरिन् । ‘मैले ध्यान गरेर यस्तो एप विकास गर्न सकेँ ।’ गोविन्दले भने–‘ध्यान गर्दा मलाई सबै आइडिया आएको हो ।’ गोविन्दको जवाफ सुनेर उनी केही बेर चकित भइन् । गोविन्दबाट प्रभावित भएकी श्रद्धाले भनिन, ‘उसो भए म पनि अब ध्यान गर्छु ।’
कार्यक्रममा भारतका विभिन्न दलका नेता, चलचित्रकर्मी, सरकारी अधिकारी, ठूला आइटी कम्पनीका प्रतिनिधि लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता थियो । उनले दक्षिण एशिया ऋृषिमुनिहरुको तपोभूमि, ज्ञानभूमि र कर्मभूमि भएको उल्लेख गर्दै प्रविधिको क्षेत्रमा समेत यस क्षेत्रले पूनर्जागरण शुरु गर्नुपर्ने गिरीले बताए । ‘सगुनको प्रयास यस क्षेत्रको ज्ञानलाई पूनर्जागरण गर्दै बाँकी विश्वलाई योगदान दिने हो’ उनले भने ।
सगुनले सामाजिक सञ्जालमार्फत भारत, नेपाल र अमेरिकालाई जोड्ने सेतु हुने संस्थापक गिरीको भनाई थियो ।
यस अघि वेब भर्सनका रुपमा आएको सगुनले वेब ब्राउजर नखोली एपबाटै वेबमा रहेका सबै कुरा चलाउन सकिने गरी मोवाइल एप सार्वजनिक गरेको हो ।
प्रयोगकर्ताको गोपनीयतालाई प्राथमिकता दिइएको एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियो लगायतका प्राप्त गर्नेले हेरिसकेछि आफैं डिलिट हुने विशेषता यसमा छ । सगुनका प्रयोगकर्ताहरुले लामो समयदेखि प्रतीक्षा गरेको यस एपमा गरिएको च्याट, पठाइएको फोटो, भिडियो लगायतका कुनै सामग्रीको रेकर्ड बस्दैन । यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ ।
आफ्ना मेमोरेबल इभेण्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरको स्टोरी सेयर यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ ।
अल इन वन एप जस्तै छ सगुन । अर्थात् ग्रिटिङ एप, क्यालेन्डर, मुड टकजस्ता फिचर यसमै समाहित भएकाले एउटै पेजबाट धेरै किसिमका सुविधा पाउन सकिनेछ ।
जनवरी ९ मा डिल्लीमा भएको एप सार्वजनिक कार्यक्रमको भिडियोको मुख्य अंश यो भिडियोमा हेर्नुहोस् :
https://www.facebook.com/sagoon.incorp/videos/919534338204275/
https://play.google.com/store/apps/details?id=com.sagoon.connect.share.earn
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19