काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालिको  प्रवेश भएको छ  । 
बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट  आधिकारीक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदान गरे सँगै कम्पनी सञ्चालनमा आएको छ ।

 

काठमाण्डौको बानेश्वरस्थित रुद्रमति मार्गमा रहेको उक्त कम्पनीले औपचारिक रुपमा सोमबारदेखि कारोबार सुरु गरेको हो ।

कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । 

लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै सेयर कारोबारका लागि सञ्चालनमा आएको कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ छ ।
 

खुला अर्थनीति र पूँजीबजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति ल्याएपछि नयाँ ब्रोकर कम्पनीले कारोबारको अवसर पाएका हुन्।