काठमाण्डौ । सरकारले सञ्चित लगानी कोष स्थापना गर्ने निर्णय गरेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बुधबार आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा अर्थमन्त्री जनार्दन शर्माले रोजगारीमा रहेकालगायत विदेशमा रहेका नेपालीको लगानी अवसर सिर्जना गर्न सञ्चित लगानी कोष स्थापना गर्ने निर्णय भएको बताएका छन्। ‘बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो’, उनले भने।
उक्त कोषमा विदेशमा रहेका नेपालीले मासिक २–४ हजार डलरसम्म जम्मा गर्न सक्ने मन्त्री शर्माले बताए। ‘त्यो कोषलाई उच्च प्रतिफल दिने आयोजनामा खर्च गर्नेछौँ’, उनले भने, ‘सरकारका तर्फबाट रकम थप गरिनेछ।’
अर्थमन्त्री शर्माले गैरआवासीय नेपालीलाई मुलुकको समृद्धि र विकासमा सहभागी गराउने योजनाहरु पनि सरकारले बनाइरहेको बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19