काठमाण्डौ । साताको पहिलो दिन आइतबार वाणिज्य बैंकहरुले बजारलाई माथि उठाएका छन् । बोनस सेयर र ठूलो मात्रामा हकप्रदको घोषणा गरेको नेपाल बंगलादेश बैंकको सेयर मात्र ३२ करोड भन्दा बढीको किनबेच भएको छ । 

तिजको दिन ब्रतालुहरुका कारण सडक राताम्य भए पनि वाणिज्य बैंकहरुले पूँजीबजारलाई चाहि राताम्य हुनबाट जोगाए । फलस्वरुप वाणिज्य बैंकसहित ४ समूहको सूचक बढेर बाँकी ४ समूहको सूचकमा रातो पोतिँदा समेत नेप्से परिसूचक चाहि १४.६५ अंकलेवृद्धि भई १८१९.८३ को उचाईमा पुगेको छ । 

वाणिज्य बैंककै उच्च कारोबारका कारण कारोबार रकम पनि १ अर्ब ६५ करोड पुगेको छ । 

आइतबार सबैभन्दा बढी वाणिज्य बैंकको कारोबार भयो । यो समूह २४.६१ अंकले उकालो लाग्यो । होटल समूहमा पनि २९.४४ अंकको बढोत्तरी देखियो । बिमा समूहमा अन्तिममा आएर १८.०७ अंकले उक्लियो भने विकास बैंक समूहमो ८.०६ अंकको वृद्धि भयो । 

तिजको दिन ब्रतालुहरुका कारण सडक राताम्य भए पनि वाणिज्य बैंकहरुले पूँजीबजारलाई चाहि राताम्य हुनबाट जोगाए । फलस्वरुप वाणिज्य बैंकसहित ४ समूहको सूचक बढेर बाँकी ४ समूहको सूचकमा रातो पोतिँदा समेत नेप्से परिसूचक चाहि १४.६५ अंकलेवृद्धि भई १८१९.८३ को उचाईमा पुगेको छ । 

बाँकी सबै समूहको सूचक ओरालो लागे । सबैभन्दा बढी उत्पादनमूलक समूह ४४.६२ अंकले घट्यो । जलविद्युतमा २.६९, बित्तमा १.५५ र अन्य समूहमा २.८९ अंकको गिरावट देखियो । 

'क' वर्गका वाणिज्य बैंकहरुको बजारमा बोलवाला चलेका कारण सेन्सेटिभ इण्डेक्स ३.७ अंकले वृद्धि भयो । फ्लोट इण्डेक्समा १.३६ अंकको बढोत्तरी देखियो । 

आइतबार १ सय ४६ कम्पनीको कुल २१ लाख १५ हजार कित्ता सेयर १ अर्ब ६४ करोड ९५ लाखमा किनबेच भयो । 

धेरै कारोबार गर्नेहरु
आइतबार नेपाल बंगलादेश बैंकले कारोबारमा ऐतिहासिक छलाङ मार्यो । यो कम्पनीको मात्र ३२ करोड २६ लाख बराबरको सेयर खरीदबिक्री भयो । 

नेपाल इन्भेष्टमेन्ट बैंकको १४ करोड ४७ लाख, सिद्धार्थ बंैकको १२ करोड १९ लाख, माछापुच्छे बैंकको ८ करोड ३० लाख, एभरेष्ट बैंकको ८ करोड २२ लाख, एनएमबी बैंकको ७ करोड ६५ लाख, सनराइज बैंकको ४ करोड ५३ लाख, सिटिजन्स बैंक इन्टरनेशनलको ३ करोड ७९ लाख, सानिमा बैंकको ३ करोड २८ लाख र सिद्धार्थ डेभलपमेन्ट बैंकको ३ करोड ११ लाख बराबरको सेयर किनबेच भयो । 

धेरै कमाउने र गुमाउनेहरु
आइतबार राप्तिभेरी विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले कुस्त कमाए । यी दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको बढोत्तरी भयो । यसैगरी, जेबिल्स फाइनान्सको सेयरमूल्य ९.४७ प्रतिशतले वृद्धि भयो भने सबैभन्दा धेरै कारोबार गर्ने एनबी बैंकको सेयर मूल्यमा पनि ६.७५ प्रतिशतको  वृद्धि भयो । कमाउनेको सूचिमा फाइनान्स, विकास बैंक र माइक्रो फाइनान्स अगाडि देखिए । 

सप्तकोसी डेभलपमेन्ट बैंक र विजया लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले ५ प्रतिशत भन्दा बढीले सम्पत्ति गुमाउनुपर्यो । सिन्धुी विकास बैंक र हामा मर्चेन्ट एण्ड फाइनान्सको सेयर मूल्यमा ४ प्रतिशत भन्दा बढीको पहिरो गयो ।