काठमाण्डौ । राजनीतिक अन्यौलता र अस्थिरताको प्रभाव पूँजीबजारमा पनि देखिएको छ । असहमतिको राजनीतिले द्वन्द्वको रुप लिंदै गर्दा र त्यसको प्रतिक्रियाको रुपमा देशका कतिपय सडकहरु टायर बालिएका कारण तातिँदा त्यसको प्रभावले पूँजीबजार भने सेलाएको छ ।
अघिल्लो साताको उतराद्र्धका कारोबारका दिनहरुमा उछालको गति लिएको बजारले यो साता पहिलो कारोबार दिन नै २९.५४ अंकको पहिरो व्यहोर्नु परेको हो । देशको अर्थतन्त्र, बैंक तथा बित्तीय संस्थाको अवस्था प्रतिकूल नभए पनि देश अन्यौलको भूमरीमा फस्दै गएका कारण त्यसको सोझो प्रभाव पूँजीबजारमा परेको हो ।
आइतबार दुुई समूह बाहेक बाँकी सबैमा निराशाको रातो रंग पोतिएको छ । सबैभन्दा बढी बिमा समूहको सूचक नै ओरालो लागेको छ । यो समूहले २७४.५६ अंकको पहिरोको सामना गर्नुपरेको हो । यस्तै, जलविद्युत समूहले ४४.३८ अंकको पहिरो थेग्नुपर्यो भने वाणिज्य बैंक, विकास बैंक, बित्त समूह र अन्यमा क्रमशः २६.०६, २५.३, १२.७५ र १२.१५ अंकको गिरावट देखियो ।
अन्य समूहमा निराशा छाउँदा होटल समूह भने उछालको गतिमा उक्लियो । यो समूहको परिसूचक ५५.८९ अंकले बढ्यो । त्यस्तै, उत्पादनमूलकमा ५.४६ अंकको बढोत्तरी भयो ।
परिसूचकमा दोहोरो अंकको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । १ सय ३७ कम्पनीको ७ लाख ९८ हजार कित्ता सेयर ७५ करोड ५३ लाखमा किनबेच भयो । सूचकसँगै कारोबार रकम पनि घट्नुु आगामी दिनमा बजार अझ तल जान्छ भन्ने संकेत हो । त्यसकारण यस्तो बेलामा लगानीकर्ताले निकै बुुझेर र सम्हालिएर अगाडि बढ्नुुमा मात्र हित हुने विश्लेषक बताउँछन ।
कारोबारमा को अगाडि ?
कुल कारोबारमा वाणिज्य बैंक समूहले मात्रै ३७ करोड ७२ लाखको होल्ड कायम गर्यो । बिमा समूहले १९ करोड ६७ लाख र विकास बैंक समूहले ८ करोड ३२ लाख बराबरको कारोबार गरे ।
कम्पनीगत हिसाबले आइतबार पनि एभरेष्ट बैंककै उच्च कारोबार भयो । यो कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार गर्यो । यस्तै, सिद्धार्थ बैंकले ५ करोड ४८ लाख, मेगा बैंकले ५ करोड ४३ लाख, शिखर इन्स्योरेन्सले ४ करोड ९३ लाख बराबरको कारोबार गरे ।
धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा ७ स्थानमा वाणिज्य बैंकको होल्ड रह्यो भने बाँकी तीन स्थानमा बिमा समूह समेटिए ।
धेरै कमाउने र गुुमाउने कम्पनी
बजारमा दोहोरो अंकको पहिरो गए पनि तीन कम्पनीले पनि पैसा छापे । हाम्रो विकास बैंक, अरुण फाइनान्स र जेबिल्स फाइनान्सको सेयर मूूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । वेस्टर्न डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ५.४३ प्रतिशतको बढोत्तरी भयो भने सिनर्जी फाइनान्सका लगानीकर्ताले पनि ५.१० प्रतिशतले सम्पत्ति बढाए ।
सबैभन्दा बढी आइएलएफसी माइक्रो फाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले गुमाउनुुपर्यो । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतले घट्यो । यस्तै, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूूल्य पनि ८ प्रतिशतकै हाराहारीमा घट्यो । रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा ओरालो लाग्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago