काठमाण्डौ । सनराइज क्यापिटल लिमीटेडको योजना व्यवस्थापनमा संचालन हुन लागेको पहिलो म्युचुअल फण्ड सनराइज फस्र्ट म्युचुअल फण्डले इकाई निश्कासनको अनुमति पाएको छ । 

धितोपत्र बोर्डले योजना व्यवस्थापकलाई एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्डका इकाईहरु बिक्रीमा ल्याउन भदौ २३ गते अनुमति दिएको हो । 

यो स्किम अन्तरगत १० रुपैयाँ दरका १० करोड इकाई निश्कासन हुनेछन् । 

स्किमको प्रायोजकमा सनराइज बैंक लिमीटेड रहेको छ । 

कोष सुपरिवेक्षकहरुमा चण्डीप्रसाद श्रेष्ठ, कृष्णबहादुर मानन्धर, बुद्धिप्रसाद आचार्य, प्राध्यापक पूर्णमान शाक्य र सि.ए. सुधिरकुमार शर्मा रहेका छन् । 

दोश्रो बजार घटेर चौपट भएको र सूचिकृत भइसकेका म्युचुअल फण्डहरुको नेट एसेट भ्यालू न्याभ समेत अंकित दर(रु. १०) भन्दा कम भएको अवस्थामा निश्कासन अनुमति पाएको यो फण्डका लागि अवस्था निकै चुनौतिपूर्ण देखिन्छ ।