काठमाण्डौ । डिजिटल माध्यममा नयाँ नयाँ सेवा र सुबिधाहरु प्रदान गर्दै अघि बढिरहेको सनराइज बैंकले महिलाहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सनराइज नारी बचत खाता सुरुवात गरेको छ । तीजको विशेष अवसर पारेर सुरुवात गरेको उक्त खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ । 

उत्सवको मौसमलाई मध्यनजर गर्दै बैंकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सकिने व्यवस्थाका साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट र केही गर्ने उद्देश्य राखेका महिलाहरुलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको छ । साथै महिलाहरुले  डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा रु २,००० सम्मको क्यास व्याक दिने व्यवस्था समेत गरेकोे जानकारी दिएको छ ।

विभिन्न स्वास्थ्य बीमा समेत समावेश रहेको उक्त खाता हाल यस लकडाउनको अवस्थामा ग्राहकहरुले घर बसीबसी अनलाइनबाट खोल्न सकिने बैंकले जनाएको छ ।