काठमाण्डौ । सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनासम्म ०.५३ प्रतिशतले बढाउन सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा ९४ करोड ४३ लाख रुपैयाँ रहेको थियो।
बैंकको वितरण योग्य मुनाफा २१ करोड ३३ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ०.८३ प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो।
दोस्रो त्रैमाससम्म बैंकको १ अर्ब ८१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।
गत वर्ष यही अवधिमा ९० अर्ब २२ करोड निक्षेप संकलन गरेकोमा यो वर्ष २.४२ प्रतिशतले बढाएर ९२ अर्ब ४० करोड रुपैयाँ गरेको छ। त्यस्तै गत वर्ष ८१ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा यो वर्ष ७.३४ प्रतिशतले बढाएर ८६ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
दोस्रो त्रैमासमा बैंकको रिजर्भको आकार ६.४४ प्रतिशतले बढेर ३ अर्ब ९१ करोड रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा ३ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।
बैंकले खराब कर्जाको दर पनि ३७.२८ प्रतिशतले घटाएर १.०६ प्रतिशतमा सीमित पारेको छ। गत वर्ष खराब कर्जाको दर १.६९ प्रतिशत थियो। बैंकको आधार दर ७.२९ प्रतिशत रहेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २१.०६ रुपैयाँबाट घटेर २०.०१ रुपैयाँमा झरेको छ। पीई रेसियो १३.४९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४९.६७ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago