काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल घोषणा गरिएको छ। 

योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल घोषणा गरेको हो। बैठकले यस योजनाका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसअनुसार इकाइधनीहरुलाई ४३ करोड रुपैयाँ प्रतिफल वितरण गरिनेछ। 

यो योजनाको कोष प्रवर्द्धकका रुपमा सनराइज बैंक लिमिटेड रहेको छ।