काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल वितरण प्रयोजना बुक क्लोजको मिति तय गरिएको छ।
योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल वितरण प्रयोजनार्थ यही भदौ १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ १५ गतेसम्म कायम इकाइधनीहरुमात्र यस योजनाका लागि घोषित प्रतिफल पाउन योग्य हुनेछन्।
यस योजनाका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ। जसअनुसार इकाइधनीहरुलाई ४३ करोड रुपैयाँ प्रतिफल वितरण गरिनेछ।
यो योजनाको कोष प्रवर्द्धका रुपमा सनराइज बैंक लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago