 
                     
                                
                             
                                    काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्डको ५० प्रतिशत नगद लाभांश (करसहित) आज भदौ २२ गतेबाट इकाइधनीहरुको बैंक खातामा जम्मा गरिने भएको छ।
योजना व्यवस्थापक सनराइज क्यापिटलले एक सूचना जारी गर्दैै सनराइज फर्स्ट म्युचुअल फन्डको गत आर्थिक वर्षको प्रतिफल आजबाट इकाइधनीहरुको खातामा पठाउने जानकारी गराएको हो। हितग्राही खातामा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अद्यावधिक भएका इकाइधनीहरुको हकमा उक्त प्रतिफल सम्बन्धित इकाइधनीहरुको बैंक खातामा जम्मा हुने क्यापिटलले जनाएको छ।
आफ्नो इकाइ धितो राखेका इकााइधनीको हकमा प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने पनि क्यापिटलले स्पष्ट पारेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19