काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवर्द्धक सनराइज बैंक र योजना व्यवस्थापक सनराइज फर्स्ट म्युचुअल फन्ड र सनराइज ब्लुचिप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। यी दुवै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) साउनमा बढेको छ।
साउनमा सनराइज फर्स्ट म्युचुअल फन्ड न्याभ बढेर १२.९० रुपैयाँ पुगेको छ। असारमा न्याभ १२.७६ रुपैयाँ थियो।
यो योजनाको कुल लगानी भने घटेर साउनमा ९३ करोड ३३ लाख रुपैयाँमा झरेको छ। असारमा कुल लगानी ९४ करोड ५६ लाख रुपैयाँ थियो।
यो योजनाले साउनमा ९७ लाख ९४ हजार खुद नाफा आर्जन गरेको छ। असारमा ७ करोड ८४ लाख रुपैयाँ घाटा भएको थियो।
साउनमा सनराइज ब्युलचिप फन्डको न्याभ बढेर ८.८६ रुपैयाँ पुगेको छ। असारमा न्याभ ८.८२ रुपैयाँ थियो।
यो योजनाको कुल लगानी भने घटेर साउनमा ९४ करोड ६३ लाख रुपैयाँमा झरेको छ। असारमा कुल लगानी ९५ करोड ४८ लाख रुपैयाँ थियो।
साउनमा यो योजनाले ५१ लाख ७३ हजार नाफा आर्जन गरेको छ। गत असारमा १५ करोड ४५ लाख रुपैयाँ घाटा भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19