 
                     
                                
                             
                                    काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्डको गत आर्थिक वर्षको नगद लाभांश इकाइधनीहरुको बैंक खातामा आज असोज ६ गतेबाट जम्मा गरिने भएको छ।
योजना व्यवस्थापन सनराइज क्यापिटलले उक्त योजनाको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा आजबाट पठाइने जानकारी गराएको हो। गत आर्थिक वर्षका लागि यो योजनाले इकाइधनीहरुलाई १२ प्रतिशत (करसहित) नगद प्रतिफल दिने निर्णय गरेको छ।
इकाइधनीहरुको डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेकाहरुलाई नगद लाभांश पठाइने क्यापिटलले जनाएको छ।
आफ्नो इकाइ धितो राखेका इधनीहरुहरुको हकमा प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र अनिवार्य रुपमा पेस गर्न पनि क्यापिटलले आग्रह गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19