काठमाण्डौ । सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटलले पनि म्युचुअल फण्ड ल्याउने भएको छ । 

सनराइजको पहिलो म्युचुअल फण्डलाई धितोपत्र बोर्डले पाइपलाइनमा राखेको छ । 

सनराइज क्यापिटलले १० रुपैयाँ दरका म्युचुअल फण्डका १० करोड इकाई बिक्री गर्न चाहेको हो । १ अर्ब रुपैयाँ बराबरको ‘सनराइज म्युचुअल फण्ड’ संचालनको माग गर्दै बोर्डमा कम्पनीले आवेदन दिएको हो ।