काठमाण्डौ । सनराइज बैंक लिमिटेडले ओखलढुङ्गाको मोलुङमा ४३ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

मंगलबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट-प्रतिनिधि  गोपाल तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै मोलुङ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रामकाजी तामाङ्ग  तथा बैंकका प्रदेश १ का प्रतिनिधि पूर्णबहादुर थापाले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।

सनराइज बैंकले १२९ वटा शाखा , ४३ वटा शाखारहित बैंकिङ्ग सेवा ,८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा एटिएममार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।