काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ खैरहनी नगरपालिका–१३, गवै चितवनमा ४८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

आज मंगलबार आयोजित एक कार्यक्रममा खैरहनी नगरपालिकाका उपप्रमुख सुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं १२ र १३ का अध्यक्ष टिकाराम तिमिल्सिना र बलकुमार उप्रेतीको उपस्थितिमा उद्घाटन भएको थियो । सोही कार्यक्रममा खैरहनी नगरपालिकाका उपप्रमुख सुनिता खरेल थपलियाले बैंकिङ्ग सेवाका प्रतिनिधि ध्र्रुर्व कुमार बस्नेतलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे शाखारहित बैंकिङ्ग सेवा संचालन गरियो ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस  सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ । 

बैंकले १३० वटा शाखा,४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा एटिएममार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।