काठमाण्डौ । सनराइज बैंक र जीएमइ रेमिट्यान्सबीच रेमिटयान्स सुविधा प्रदान गर्ने बारेमा सम्झौता भएको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमइ रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्त रुपमा हस्ताक्षर गरे ।
उक्त सम्झौता अनुसार सनराइज बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिट मार्पmत पठाएको रकम जीएमइ रेमिट्यान्सका नेपाल अधिराज्य भर रहेका ८००० भन्दा बढी एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् । सम्पुर्ण ग्राहकले सन्राइज रेमिट मार्पmत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् ।
हालसम्म सनराइज बैंकले १३० वटा शाखा,४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा एटिएममार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago