काठमाण्डौ । पेप्सीकोलाको सनसिटी क्षेत्रबाट केही दिनअघि कोरोना संक्रमित भई पाटन अस्पतालको आइसोलेसनमा राखिएका आमा छोरा निको भएर घर फर्किएका छन् । 

नेपालमा कोरोना संक्रमण भई अस्पतालको छोटो बसाईमै निको भई घर फर्किने यो घटना पहिलो हो । 

पेप्सीकोलाको सनसिटी अपार्टमेन्टको ए ब्लकमा बस्ने ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई तत्काल पाटन अस्पताल भर्ना गरिएको थियो । उनीहरुसँगै परीक्षण गराएकी ५१ वर्षीया बुहारीमा भने संक्रमण देखिएको थिएन । 

सनसिटीको १५ औं तलामा बस्ने उनीहरुमा संक्रमण भएपछि काठमाण्डौ त्रस्त बनेको थियो । उनीहरुमा संक्रमण फेला परेलगत्तै सरकारले अपार्टमेन्टको ए ब्लकमा ३०० को स्वास्थ्य परीक्षण गरेको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको थियो । 

संक्रमण फेला परेका ती आमाछोरा बेलायतबाट चैत ५ गते नेपाल फर्किएका थिए । 

यो घटनासँग अर्थमन्त्रीलाई पनि जोडिएको थियो । अर्थमन्त्री समेत संक्रमित समेत सहभागी कार्यक्रममा आएका भन्दै उनको समेत परीक्षण हुनुपर्ने आवाज उठेको थियो । 

सो अपार्टमेन्टमा अर्थमन्त्रीका छोराबुहारी र नातिनी बस्दै आएका छन् । अर्थतन्त्रीले २ वटा फ्ल्याट खरीद गरेका छन् ।