काठमाण्डौ । सन् २०२० को अन्त्यसम्म युरोपेली मुलुकहरुले कोरोनाविरुद्धको भ्याक्सिन पाउने सम्भावना बढ्दै गएको छ।

भ्याक्सिन विकासमा काम गरिरहेको कम्पनी अस्त्राजेनेसँग युरोपेली मुलुकहरुको गठबन्धन इन्क्लुभिस भ्याक्सिन अलायन्सले भ्याक्सिन प्राप्तिका लागि गरेको गरेको सम्झौतासँगै यो सम्भावना बढ्दै गएको हो। यो अलायन्सको नेतृत्व जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्डसले गरिरहेका छन्।

जर्मन सरकारले हिजो शनिबार सार्वजनिक गरेको जानकारीअनुसार अस्त्राजेनेले भ्याक्सिन बन्नासाथ यो सम्झौताबमोजिम युरोपेली मुलुकहरुलाई ४० करोड डोज उपलब्ध गराउनेछ। यो भ्याक्सिनको डोज युरोपेली युनियनमा आबद्ध राष्ट्रहरुलाई मात्र उपलब्ध हुनेछ। 

अस्त्राजेनेले भ्याक्सिनको डोज उत्पादन बढाउने कोसिस भइरहेको जनाएको छ। उसले कोरोना महामारीसँग लड्न यो भ्याक्सिन विना मुनाफा वितरण गरिने स्पष्ट पारेको छ। 

कम्पनीले यो वर्षको अन्त्यसम्म भ्याक्सिनका डोज उत्पादन गरेर वितरण गर्ने आशा गरिएको छ। कम्पनीका चिफ एज्क्यिुटिभ पास्कल सोरियोले भनेका छ, ‘यो सुनिश्चित छ कि सबै कुरा ठिक भए युरोपका करोडौँ मानिसले यो वर्षको अन्त्यसम्म भ्याक्सिन पाउनेछन्।’

पास्कलका अनुसार भ्याक्सिन विकासको सुरुआती डेटाका आधारमा यो भन्न सकिन्छ कि यो भ्याक्सिन कोरोना उपचारका लागि प्रभावकारी हन्छ। ‘हामी इन्क्लुभिस भ्याक्सिन अलायन्स र युरोपेली कमिसनसँग मिलेर यो भ्याक्सि पूरै युरोपमा वितरण गर्ने कोसिस गर्नेछौँ’, उनले भने। 

यद्यपि भ्याक्सिन प्राप्तिको सम्झौता कम्पनीले कति मूल्यमा गरेको हो भन्ने विषयमा खुलिसकेको छैन। 

इटालीको स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार हालसम्म औषधि प्राप्तिको सम्झौताबमोजिम जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्डसले कम्पनीलाई पैसा दिने तयारी गरिरहेका छन्। अन्य देश पनि यो अलायन्समा सहभागी हुन सक्ने बताइएको छ। 

हालसम्म विश्वमा कोरोनाभाइरविरुद्धको कुनै पनि भ्याक्सिन विकास भइसकेको छैन। यस्तोमा अस्त्राजेनेले विकास गरेको भ्याक्सिन कति प्रभावकारी हुन्छ त्यो भविष्यमै थाहा हुने विशेषज्ञहरु बताउँछन्। 

युरोपिली भ्याक्सिन अलायन्सभन्दा पहिले अमेरिकाले अस्त्राजेनसँग भ्याक्सिन प्राप्तिको सम्झौता गरेको थियो। अमेरिकाले यो कम्पनीमा भ्याक्सिन विकासका लागि १.२ अर्ब डलर लगानी र भ्याक्सिन बनाएपछि अमेरिकालाई ३० करोड डोज उपलब्ध गराउने सम्झौता भएको थियो। – एजेन्सी