काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजागरीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ अन्तिम दिनसम्म करिब २ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।
कम्पनीले गत साउन १ गतेदेखि विदेशमा काम गर्ने नेपालीका लागि ९ लाख ६० हजार कित्ता साधारण सेयरको प्राथमिक निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
यो जीवन बीमा कम्पनीको जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ। जारी पुँजीको ३० प्रतिशत अर्थात ९६ लाख कित्ता विदेशमा बस्ने नेपाली र सर्वसाधारणका लागि जारी गरिने कम्पनीले प्रकाशित गरेको विवरणपत्रमा उल्लेख छ।
कुल जारी गरिने ९६ लाख कित्ता आइपीओको १० प्रतिशतले हुनआउने ९ लाख ६० हजार कित्ता विदेशमा काम गर्ने नेपाली नागरिकका लागि सुरक्षित गरिएको हो । बाँकी ८६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि केही पछि निष्कासन गरिनेछ।
यो कम्पनीले अंकित मूल्य रु. १०० मा रु. १३९ प्रिमियम थपेर कुल २३९ रुपैयाँ प्रतिकित्ताका दरले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ प्रिमियमका रुपमा उठाउने योजना बनाएको छ।
सीडीएससीका अनुसार सोमबार साँझसम्म यो आईपीओमा २८ हजार ७४१ आवेदकबाट कुल १८ लाख १७ हजार ४५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १.८९ गुणाले बढी हो।
यो कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19